नेपालगञ्ज : राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिताको सातौं संस्करण आगामी पुस ६ गते नेपालगञ्जमा गर्ने तयारी गरिएको छ । नेपालगञ्ज साइक्लिङ् क्लबले नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा आयोजना गर्दैआएको राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिताको सातौं संस्करण प्रतियोगिताको मिति घोषणा गर्दै क्लबका अध्यक्ष प्रदीप सापकोटाले खेलाडीलाई दर्ता गराउन अनुरोध गरेका छन् ।
प्रतियोगिता आयोजक नेपालगञ्ज साइक्लिङ् क्लबले दिएको जानकारीअनुसार, मङ्सिर ३० गतेसम्म नाम दर्ता गरिसक्ने खेलाडीहरू एमटीबी पुरुषतर्फ खुल्ला ३६ किलोमिटर, पुरुष मास्टर्स खुल्ला २५ किलोमिटरका लागि सहभागी हुन सक्नेछन् ।
त्यस्तै, साधारण साइकल पुरुषतर्फ २२ किलोमिटर र साधारण साइकल महिला १६ किलोमिटरतर्फका खेलाडी बाँकेबाट मात्र सहभागी हुने व्यवस्था मिलाइएको क्लबका अध्यक्ष सापकोटाले जानकारी दिए ।
त्यस्तै, २० वर्ष उमेर समूहका विद्यार्थीका लागि एमटीबी स्कुलस्तरीय १६ किलोमिटर साइकल दौड प्रतियोगितामा नेपालगञ्ज उपमहानगरपालिका भित्रका विद्यार्थी मात्र सहभागिता जनाउने व्यवस्था मिलाइएको छ ।
मेयर कपको सातौं संस्करणलाई भव्य बनाउन तयारीका आवश्यक काम अगाडि बढाइएको अध्यक्ष सापकोटाले बताए । उनले नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्ज साइक्लिङ् क्लबसँगको सहकार्यमा यो प्रतियोगितालाई राष्ट्रियस्तरको बनाउँदै अघि बढाउने बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार