नेपालगञ्ज : नेपालगञ्जमा मङ्सिर १८ गते हुने प्रथम लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस ग्रुप प्रालीले सह–प्रायोजन गर्ने भएको छ । आयोजक रङ्गशाला नेपाल मिडिया प्रालिका प्रमुख कार्यकारी कमल खत्री र रोयल समृद्धि बिजनेस ग्रुप प्रालीका प्रमुख कार्यकारी टिकाराम खत्रीले अवार्डमा सह–प्रायोजन बारे हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै रोयल समृद्धि बिजनेस ग्रुप प्रालीका प्रमुख कार्यकारी खत्रीले खेलकुद क्षेत्रमा मिहिनत गरिरहेका खेलाडीलाई हौसला बढाउने कार्यक्रम लुम्बिनी स्पोर्टस अवार्डमा सह–प्रायोजन गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘‘यो कार्यक्रम निकै राम्रो छ । खेलकुदमा यस्ता कार्यक्रम कमै हुने गरेका छन् । हामी निरन्तर रुपमा यो अवार्ड कार्यक्रममा सहकार्य गर्न तयार छौं ।’’
सम्झौता अनुसार रोयल समृद्धि बिजनेस ग्रुप प्रालीले अवार्डअन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडी अवार्डलाई प्रायोजन गर्नेछ । सम्झौता अनुसार लुम्बिनी स्पोर्टस अवार्ड–२०८२ अन्तर्गत उत्कृष्ट पुरुष खेलाडीलाई प्रदान गर्ने अवार्डको नाम रोयल समृद्धि उत्कृष्ट पुरुष खेलाडी अवार्ड–२०८२ नामाकरण गरिनेछ । सम्झौता अनुसार उक्त विधालाई रोयल समृद्धि बिजनेस ग्रुप प्रालीले लगातार तीन वर्षसम्म प्रायोजन गर्ने भएको छ ।
लुम्बिनी प्रदेशलाई आधार मानेर खेल क्षेत्रमा लागेका खेलाडी र खेलकर्मीको उपलब्धी र सफलतालाई सम्मानगर्ने उद्देश्यले लुम्बिनी स्पोर्टस अवार्ड आयोजना गर्न लागिएको आयोजक रंगशाला नेपाल मिडिया प्रालीले जनाएको छ ।
लुम्बिनी स्पोर्टस अवार्डको पहिलो संस्करणमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने अवार्ड कार्यक्रम संयोजक चाहना शाहले बताइन् । अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, लाईफ टाइभ अचिभमेन्ट अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले सह–प्रायोजन गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार