बैजनाथ (बाँके) : स्वस्थ रहन पाउनु नागरिकको नैर्सगिक अधिकार हो । नागरिकको अधिकारलाई हनन् हुन नदिन बैजनाथ गाउँपालिकाले हरेक वर्ष स्वास्थ्य क्षेत्रमा कार्यक्रमहरु गर्दै आएको छ । विगतका वर्षझै आर्थिक वर्ष २०८१–०८२ मा पनि गाउँपालिकाले आम बैजनाथबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न कार्यक्रम गरिएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८१–०८२ मा स्वास्थ्य शाखामार्फत महत्वपूर्ण कार्यक्रमहरु गरेको शाखा प्रमुख लक्ष्मण शाहीले बताए । उनका अनुसार ३ वटा बिद्यालयमा किशोरीको रक्तनमुना परिक्षण कार्यक्रम गरेर रगत कम भएका किशोरीलाई आइरन चक्की, सागपात सहितका खानेकुरा खान परामर्श दिइएको छ । गाउँपालिकाले ‘ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम’ लाई पनि प्रभावकारी रुपले कार्यान्वयन गरेको छ ।
‘यो कार्यक्रमबाट स्थानीय स्वास्थ्य चौकीमै गएर तालिम प्राप्त दक्ष नर्सिङ कर्मचारीबाट गर्भवती महिलाको गर्भ जाँच गरिन्छ, सामान्यतया चार महिनापछि अथवा आवश्यकता अनुसार के समस्या छ, गर्भ जाँच गरेर त्यो गर्भमा बच्चाहरु उल्टो छ अथवा सालनाल बेरिएको छ, या प्राविधिक समस्याहरु अरु के छन् ?, त्यो कर्मचारीले हेरेर गर्भवतीलाई समयमै विशेषज्ञ सेवा दिनुपर्ने हो या अरु परामर्श दिनुपर्ने हो, त्यो कार्यक्रम पनि हामीले सञ्चालन गर्यौं,’ शाहीले भने ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार