Listen LIVE

जिल्लास्तरीय विद्यालय खेलकुद महासङ्घमा रावत

नेपालगञ्ज : विद्यालयस्तरबाट खेलाडी उत्पादन र खेलकुदको विकास गर्ने उद्देश्यले नेपाल विद्यालय खेलकुद महासङ्घ बाँके जिल्ला कार्यसमिति गठन गरिएको छ । 

प्याब्सन बाँकेका अध्यक्ष यम रावतको नेतृत्वमा गठन गरिएको विद्यालय खेलकुद महासङ्घ बाँकेले राष्ट्रव्यापीरूपमा विद्यालय खेलकुदको अवधारणालाई कार्यान्वयन गर्नमा काम गर्ने उद्देश्य राखेको छ । 

समितिको उपाध्यक्षमा कमल पछाई, चिरञ्जीवी चन्द, सचिवमा नवकिरण शाह, कोषाध्यक्षमा गोविन्द रावत रहेका छन् । समितिको सदस्यहरूमा दिनेश सिग्देल, रमेश केसी, गोविन्द चौधरी, विष्णु केसी, सागरदत्त पौडेल र प्रेम पुन रहेको अध्यक्ष रावतले जानकारी दिए । 

विद्यालयस्तरबाटै प्रतिभावान् खेलाडी उत्पादन गर्दै खेलकुदको विकासमा सहयोग गर्ने लक्ष्यसहित कार्यसमिति गठन गरिएको अध्यक्ष रावतले बताए । 

नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद विकास परिषदद्वारा मान्यता प्राप्त विद्यालय खेलकुद महासङ्घ ७७ जिल्ला, सात प्रदेश र केन्द्रीय कमिटी गठन हुनेछ ।

प्रतिक्रिया