काठमाण्डौ : भारतले सुरु गरेको मिशन सिन्दूर’ अपरेशनको प्रतिकारमा भारतविरुद्ध अपरेशन बुनयान–उल–मरसूस’ सुरु गरेको छ । पाकिस्तानले आज बिहानै भारतका जम्मू–कश्मीर, पञ्जाब, राजस्थान, हरियाणा र गुजरातमा हमला गरेको छ । त्यसैगरी राजौरी, पुंछ र जम्मूमा गोलाबारी गरेको छ ।
राजौरीमा प्रशासनिक अधिकारीसहित पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानको सीमामा जोडिएको श्रीगंगानगर र हनुमानगढ जिल्लामा रेड अलर्ट जारी गरिएको छ ।
चन्डिगढ र अंबालामा हवाई हमलाको चेतावनी दिइएको छ ।
शुक्रबार बेलुकी ७ः४७ देखि राति १०ः५७ सम्म पाकिस्तानले जम्मू–कश्मीर, पंजाब, राजस्थान र गुजरातका २६ सहरमा ५५० भन्दा बढी ड्रोन आक्रमण गरेको छ ।
भारतीय सेनाले ती सबै ड्रोनलार्य निस्तेज पारेको छ । पाकिस्तानले आदमपुर, उधमपुर, पठानकोट, सूरतगढ र सिरसा एयरफिल्डमा आक्रमण गरेको जनाएको छ ।
राजौरीमा सैन्य तालिम केन्द्र, पंजाबको ब्यास ब्रह्रोस स्टोरेज फेसिलिटीमा पनि निशाना बनाइएको छ । यसको भारतले भने पुष्टि गरेको छैन ।
पाकिस्तानले ‘अपरेशन बुनयान–उल–मरसूस’ थालेको जनाएको छ । भारतले अपरेशन सिन्दूर चलाएर पाकिस्तानमा रहेका आतंकवादीका नौ ओटा स्थल ध्वस्त पारेको थियो । जहाँ सय भन्दा बढी आतंकवादीको मृत्यु भएको बताइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार