काठमाण्डौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रादेशिक अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण गर्नुपर्ने बताएकी छन्।
विद्यार्थीहरूलाई तत्काल मेडिकल शिक्षा दिन प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रूपमा सञ्चालन गर्न उपयुक्त हुने उनको तर्क थियो। शुक्रवार राष्ट्रियसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले कम खर्चमा मेडिकल कलेज सञ्चालन गर्ने काम प्रादेशिक अस्पतालमा हुने भएकाले पनि आफूले त्यसैलाई मेडिकल कलेजको रूपमा सञ्चालन गर्न उपयुक्त हुने निष्कर्ष निकालेको बताइन्।
उनले खर्बभन्दा बढी खर्च लाग्ने भएकाले निर्वाचन क्षेत्र केन्द्रित भएर मेडिकल कलेज खोल्ने काम तत्कालका लागि सम्भव नभएको पनि पटकपटक दोहो¥याइन्।
मन्त्री श्रेष्ठले भनिन्, ‘३० करोडभन्दा थोरै लगानी हामीले लगाउने हो भने त्यहाँ सञ्चालनमा रहेको अस्पताल छ। त्यहाँ विरामी छन्। चिकित्सा शिक्षा ऐन छ। हाम्रा बच्चाहरूले त्यही पढ्न पाउँछन्। त्यसैले प्रादेशिक अस्पताललाई स्तरोन्नति गरेर मेडिकल शिक्षा सञ्चालन गर्नेमा हामीले जोड दिनुपर्छ। प्रादेशिक अस्पताललाई हामीले मेडिकल प्रतिष्ठान बनाए पनि, मेडिकल कलेज बनाए पनि हाम्रा विद्यार्थीले पढ्न पाउँछन्। यो चाहिँ मैले निवेदन गरेँ तर कलेजमा रूपान्तरण गर्नुपर्छ।’
मन्त्री श्रेष्ठले प्रादेशिक अस्पताललाई स्तरोन्नति गरेर जाने कुरामा पनि सरकारले जोड दिने बताइन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार