दैलेख : दलितका लागि दलित अभियान नेपालको दैलेखमा जन–प्रदर्शन तथा जागरण सभा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथी तथा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिश्वकर्माले उदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै विश्वकर्माले मानिसलाई जबर्जस्ति दलित बनाएर राज्यले अपराध गरेको बताएका छन् । देश, समाज दलितको आशु, रगत बगेको टुलुटुलु हेरेर बसेकाले अब दलित आफ्नो लागि आफै लड्नुपर्ने बताए ।
मञ्चमा उभिएर भाषण गर्ने तर घरमा दलितलाई छिर्न नदिने अबस्थामा अहिले पनि रहेकाले ।दलितको अभियान गैरदलितको विरुद्ध नभएको बताउदैउहाले कानुन प्रतिबन्ध गरेको कर्म गर्ने छुट कसैलाई नभएको बताए । साथै उनले दलित आयोग तिनै तहको सरकार मार्फत जातीय विभेद र हिंसाको विरुद्ध कार्य गरिरहेको उल्लेख गरे । कर्णाली प्रदेश सभा सदस्य उर्मिला बिस्वकर्माले दलित आन्दोलनको लागि आफू सबै त्यागेर लाग्न तयार रहेको बताइन् ।
दलित समुदायको न्याय र मुक्तिका लागि पार्टी भन्दा माथि उठेर लाग्नुपर्ने परिस्थिति बनेको उनको भनाइ थियो । कर्णाली प्रदेशको निवर्तमान मन्त्री समेत रहेीे बिस्वकर्माले कर्मचारी तन्त्रका असहयोगका कारणले दलितको कानुन बन्न नसकेको बताइन् ।
कार्यक्रममा दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले विभिन्न पार्टिमा लागेका दलित अब दलित बन्न तयार हुनुपर्नेमा जोड दिएका छन् ।
हिजोसम्म अरुका लागि दलित लडे अब दलितका लागि लड्नुपर्छ, उनले भने – दलित–दलित एक हुनुपर्छ । आफ्नो अधिकारको लागि छुट्टै शक्ति निर्माण गरेर आत्मसम्मानको अभियानमा जुट्नुपर्नेमा बताए ।
कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका टीका सानूले जातीय विभेद विरुद्ध गित गाएकी थिइन। कार्यक्रम उनले आफ्नो धेरै चर्चित गित प्रस्तुत गरेकी थिइन । कार्यक्रममा भगवतीमाई युवा संजालले समन्वय गरेको थियो भने स्थानीय अन्य संघ सस्थाले सहकार्य गरेका थिए ।
दैलेखको भगवतीमाई गाउँपालिका बेस्तडामा भएको कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिश्वकर्मा, दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार, कर्णाली प्रदेश सभा सदस्य उर्मिला बिस्वकर्मा, दलित मुक्ति मोर्चा अध्यक्ष दिनेश चदरा, भगवतीमाई गाउपालिका उपाध्यक्ष मिना कुमारी खड्का, चर्तित कलाकार टीका सानू, दलित जनप्रतिनिधि, दलित अगुवा, अभियन्ता, दलित पत्रकार संघ, कलाकार, लगायत हजारौं दलित समुदायको सहभागिता थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार