Listen LIVE

प्रथम नगर माविस्तरीय मेयर कप भलिबल प्रतियोगिता नेपालगञ्जमा शुरु

नेपालगञ्ज : प्रथम नगर माविस्तरीय मेयर कप महिला–पुरुष भलिबल प्रतियोगिता–२०८२ बुधबारदेखि नेपालगञ्जमा शुरु भएको छ । पुर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको एक कार्यक्रमका बीच नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले उदघाटन गरेका हुन् । पुर्व खेलाडी समाज बाँकेका कार्यबाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम उपमेयर राईले उपमहानगरपालिकाले खेलकुद क्षेत्रलाई सहयोग गर्दै आएको बताए । 

पुर्व खेलाडी समाज सक्रिय भएर खेलकुद प्रतियोगिता गर्दा नयाँ खेलाडी उत्पादन हुने उनको विश्वास छ । समाज बाँकेका कार्यसमिति सदस्य आशा बिष्टले स्वागत गरेको उदघाटन कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा, नेपालगञ्ज–२ का वडाअध्यक्ष मनोज श्रेष्ठ, नेपाल रेडक्रस बाँकेका सभापति गोवर्धन सिंह सम्झना, नेपाली काँग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, पुर्बअध्यक्ष निरज गौतम लगायतको उपस्थिती रहेको समाज बाँकेका सचिव नरेन्द्र थापाले जानकारी दिए ।

उदघाटन कार्यक्रमको सञ्चालन समाजका महासचिव जयन्त शर्माले गरेका थिए । यही जेठ ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालगञ्ज उपमहानगर क्षेत्रका १३ विद्यालयका १० छात्र र १० छात्रा गरी २० वटा टिमको सहभागिता रहेको छ । 

नक आउट प्रणालीका आधारमा खेलाइने उक्त प्रतियोगिताका विजेता टिमले नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मुख्य रेफ्री प्रकाश शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया