Listen LIVE

आदर्श माध्यामिक बिद्यालयको ‘स्पोर्टस मिट’ सञ्चालन

नेपालगञ्ज : आदर्श माध्यामिक बिद्यालय नेपालगञ्जले सोमबारदेखि ’स्पोर्टस मिट–२०८१’ सञ्चालन गरेको छ । बिद्यालयको वार्षिक खेलकुद कार्यक्रम अनुसार ‘स्पोट्र्स मिट’ सञ्चालन गरिएको हो । 

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा रहेको खेल मैदानमा सुरु भएको उक्त प्रतियोगिता यही माघ ९ गतेसम्म सञ्चालन हुने बिद्यालयका सह–प्राचार्य टंकप्रसाद गौतमले जानकारी दिए । प्रतियोगिता सञ्चालन अवधिभर विभिन्न विधाका खेलमा बिद्यार्थीहरुबीच प्रतिस्पर्धा गराइने उनले बताए । प्रतियोगिता उद्घाटन कार्यक्रम आर्दश माध्यामिक बिद्यालयका संस्थापक अध्यक्ष संजय थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

उदघाटन शत्रमा प्रमुख अतिथी एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, आदर्श माध्यामिक बिद्यालयका सञ्चालक प्रकाश लामिछाने, नेपाल प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन ओली, बिद्यालयका प्रिन्सिपल बिरभान केसी, शिक्षक, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया