लागुऔषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले गोली चलाएको छ ।
प्रहरी स्रोतका अनुसार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो । कोहलपुर नगरपालिका १२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
त्यसैगरी सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको छ ।
2024-05-09
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार