नेपालगञ्ज : कल्पवृक्ष वृक्षारोपण गर्दै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले घरघरमा विरुवा, टोलटोलमा वृक्षारोपण अभियान शुभारम्भ गरेका छन् ।
आयोजक डिभिजन वन कार्यालय बाँके निमित्त प्रमुख विरेन्द्र रोकाले अभियान अन्तर्गत बाँकेको जिल्लाका सामुदायिक विद्यालय, धार्मिक स्थल, निजी घरमा वृक्षारोपण गरिने योजना रहेको बताए । अभियानका क्रममा अमला, निम, सितल चिनी, टंकी, सिसौं, पारिजातको फुल, कल्पवृक्ष र श्रीखण्डका विरुवा रोपिने उनले बताए ।
अभियानको पहिलो दिन जानकी गाउँपालिका वडा नम्बर ४ मा रहेको इमला बाबा जंगली दास आश्रम राम जानकी मन्दिर, खजुरा वडा नम्बर २ के गाउँ स्थित नव भगवती मन्दिर, हरित सिर्जना सामुदायिक वन उपभोक्ता समुहको कार्यालय, जगनिया माता मन्दिर, खजुरा गाउँपालिका वडा नम्बर ५ मा रहेको माई भगवती मन्दिरमा वृक्षारोपण गरिएको थियो ।
अभियानका क्रममा वातावरणीय असरलाई कम गर्दै मानिसलाई स्वस्थ रहन सहयोग गर्ने विरुवाहरु रोपिने वन तथा वातावरण मन्त्री कुर्मीले बताए ।
उनले भने,‘वातावरण राम्रो भयो भने हामी सम्पुर्ण कुरा गर्न सक्छौं । स्वास्थ्य राम्रो भएन हामी केहि गर्न सक्दैनौं । अहिले प्रमुख समस्या भनेको वातावरण प्रदुर्षण हो । यसलाई कम गर्न वृक्षारोपण आवश्यक छ ।’
वृक्षारोपण भनेको पुण्य काम भएकोले यसमा सबै नागरिकको साथ, सहयोग र सहकार्यको चाहिने मन्त्री कुर्मीले बताए । वृक्षारोपण अभियान अन्तर्गत लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा वातावरण प्रदुर्षणलाई कम गर्ने खालका विरुवाहरु वृक्षारोपण गरिने उनले जानकारी गराए ।
जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्नमा हरेक वर्ष वृक्षारोपण अभियान महत्वपुर्ण हुने डिभिजन वन कार्यालय नेपालगञ्ज बाँकेका निमित्त प्रमुख विरेन्द्र कुमार रोकाले बताए । मन्त्री कुर्मीले एकै दिन पाँच स्थानमा वृक्षारोपण गरेर शुभारम्भ गरेको अभियान प्रभावकारी रुपमा अगाडी बढने डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नवराज शाहीले बताए ।
बाँकेको क्षेत्र नम्बर ३ भएको वृक्षारोपण अभियानको सहजीकरण राझा सव डिभिजन वन कार्यालयका प्रमुख वरिष्ट वन अधिकृत राज बहादुर चौधरीले गरेका थिए ।
बाँकेमा शुरु भएको वृक्षारोपण अभियानमा पारिवारिक निजी वन संघ नेपाल बाँके, निजी वन सरोकार संघ बाँकेले पनि सहजीकरण गरिरहेका छन् । अभियानको शुभारम्भ कार्यक्रममा पारिवारिक निजी वन संघ नेपाल बाँके अध्यक्ष सुनिल घिमिरे, निजी वन सरोकार संघ बाँके अध्यक्ष अमर रावतको पनि सहभागिता रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार