Listen LIVE

सौर्य विमान दुर्घटना : तीन शव परिवारले बुझे

काठमाण्डौ : गत बुधबार दुर्घटना भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाको शव परिवारलाई बुझाउन थालिएको छ। 

त्रिवि शिक्षण अस्पतालमा राखिएका शवहरूको पहिचान सहितको पोस्टमार्टम सकिएपछि परिवारलाई बुझाइएको अस्पतालमा शवहरूको व्यवस्थापनमा खटिएका एक प्रहरीले बताए। 

उनका अनुसार शुक्रबार तीन जनाले शव बुझेका छन्। यसरी शव बुझाइएका मध्ये उक्त विमानका को–पाइलट सुशान्त कटुवाल, राजाराम आचार्य र अन्य एक जनाको शव रहेको छ। अन्य शवहरू पनि विस्तारै परिवारलाई बुझाइने उनले बताए।

तर केही परिवारले भने बीमा, क्षतिपूर्तिलगायतका विषय स्पष्ट नभएसम्म शव नबुझ्ने अडान लिएका छन्। 

बुधबार त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । विमानका पाइलट मनिष रत्न शाक्य घाइते भएका छन्।

घाइते पाइलट शाक्यको हाल काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रतिक्रिया