Listen LIVE

पौडी खेल्ने क्रममा बाँकेमा एकजना बेपत्ता

नेपालगञ्ज : बाँकेमा पौडी खेल्ने क्रममा खोलाले बगाएर एकजना बेपत्ता भएका छन्।

नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित रहेको डुडुवा खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर मनिकापुरका ४२ वर्षीय सुशील प्रसाद दाहाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार खोलामा उनी आइतबार साँझ करिब साढे ५ बजेको समयमा पौडी खेल्न सो खोलामा पसेका थिए।

उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको टोली र स्थानीयवासी समेत परिचालित भएका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया