Listen LIVE

भारतमा सवारी दुर्घटना परी बाँकेका ३ जनाको मृत्यु

नेपालगञ्ज : बाँकेको नरैनापुरसँग सिमाना जोडिएको भारतको बघौडा तालदेखि पाँच किलोमिटर पूर्व राजपुर मोडमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ।

भारतीय प्रहरीले दिएको जानकारी अनुसार तीन जना नेपाली सवार मोटरसाइकल भारतीय नम्बरको ट्याक्टरमा ठोकिँदा मोटरसाइकलमा आगलागी भएको थियो।

मोटरसाइकलमा आगलागी हुँदा बाँकेको राप्ती सोनारी गाउँपालिका १ खासकुश्मा घर भएका रा ४ प ७६५ नम्बरका मोटरसाइकल चालक गोबर्धन घर्तिको घटनास्थलमै मृत्यु भएको र गम्भीर घाइते भएका खासकुश्माकै अन्य दुई जना राम बहादुर सिंह र कल्पनाको उपचारका क्रममा श्रावस्ती जिल्ला अस्पताल भिन्गामा मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ।

भारतको बाटो भएर नेपालको भौवा नाकातर्फ जाँदै गरेको बेला घर्तिले चलाएको मोटरसाइकल ट्याक्टरमा ठोक्किएर आगलागी भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया