दाङ : तुलसीपुर–८ की उर्मिला चौधरीलाई ढकिया, कलमदानी र झोला बनाउन भ्याइनभ्याइ हुन्छ । तुलसीपुर–८, बटोलपुरकी उर्मिला चौधरीलाई रोगले च्यापे पनि काममै व्यस्त हुनु पर्छ ।
हस्तकलामा निपुण रहेकी उर्मिला चौधरीले सिप आफूले मात्रै सिकेका छैनन् अन्य जिल्लामा पुगेरसमेत सिप सिकाउँदै आएकी छन् । उर्मिलाले गाउँमै उत्पादन भएका बाँसका चोया, गुँदबाट विभिन्न सामग्री बनाउँदै बिक्री गर्दै आएकी छन् ।
उनले बनाएका सामग्री जिल्लासहित काठमाडौँ, नेपालगञ्ज र विदेशमा समेत बिक्री हुँदै आएको छ । उर्मिलाले कलमदानी, पूजादानी, ढकिया, झोला, ट्रे पाँच सयदेखि १० हजार रुपैयाँमा बिव्रmी गर्दै आएकी छन् । उर्मिलाले भनिन, “मलाई त रोगले च्यापे पनि सुख हुँदैन तुलसीपुर उपमहानगरपालिकाले झोला माग ग–यो, त्यही बेला पखालाले च्याप्यो माग धेरै थियो तर एउटा मात्रै बनाएर दिएँ । गाउँकै बाँस, गुँद, मकै, धानको परालबाट सामग्री बनाइन्छ, घरबाटै बिक्री हुन्छ, घरमै बसेर गुजारा चलेकै छ ।”
उर्मिला मात्रै होइन बाँसबाट कलमदानी, घडी, मन्दिर बनाएर तुलसीपुर–१९, पकर्रेका कृष्ण चौधरीले बिक्री गर्दै आएका छन् । ६० वर्षीय चौधरीले सिपसमेत सिकाउँदै आएका छन् ।
पकर्रे सामुदायिक वनले कृष्ण चौधरीको हस्तकलालाई प्रोत्साहन गर्दै पकर्रे उद्यमशीलता केन्द्रसमेत स्थापना गरेको अध्यक्ष मुरलीधर केसीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार