Listen LIVE

प्रमुखबिहीन नेपालगञ्ज उपमहानगर

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका प्रमुखबिहीन भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख बाँके बाहिर भएपछि  उपमहानगर प्रमुखबिहीन बनेको हो ।

श्रोतका अनुसार प्रमुख प्रशान्त बिष्टले उपप्रमुख कमरुद्दिन राईलाई आइतवार कार्यबाहक प्रमुखको जिम्मेवारी दिएपनि कार्यबाहक प्रमुखको जिम्मेवारीमा रहेका उपप्रमुख कमरुद्दिन राई काठमाण्डौ गएका छन् । उनले कसैलाई कार्यबाहक नदिँदा उपमहानगर प्रमुखबिहीन बनेको हो ।

उपमहानगरका प्रबक्ता प्रमोद रिजालले उपमहानगर प्रमुखबिहीन बनेको जानकारी आफुले प्राप्त गरेको बताए । यसबारे उपप्रमुख राईले आफू कार्यबाहक प्रमुख भएको उल्लेख गर्दै काम बिशेषले एक्कासी काठमाण्डौ आएको बताए ।

प्रतिक्रिया