दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका वडा –४ ओसिलमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन्।
काँडापारी बाट गोकुलेश्वरतर्फ गइरहेको सुप प्र ०१ –००१ ज १६४१ नम्बरको जिप ओसिलमा दुर्घटनामा परेको हो । जिप दुर्घटनामा परी जलस्रोत तथा सिचाइ डिभिजन कार्यालय दार्चुलामा कार्यरत सब इन्जिनियर मनीषा पाल र सिचाइ डिभिजन कार्यालय दार्चुलामा कार्यरत भरत तितराको घटनास्थलमै ज्यान गएको छ । शैल्यशिखर नगरपालिका वडा न–४ ओसिलमा योजना अनुगमन गर्न गएको भाडाको जिप दुर्घटनामा परेको हो । सोही जिपमा सवार अन्य ४ जना घाइते भएका छन् ।
शैल्यशिखर नगरपालिका वडा –४ बस्ने अकबर महर, सोही ठाउँका गाडी शाहु विक्रम महर, चालक प्रकाश ठगुन्ना, र मालिकार्जुन गाउँपालिका वडा –५ डाडाकोट बस्ने मिनबहादुर पाल घाइते भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक निरज सिंह भाटले जानकारी दिए।
जिप दुर्घटनाका घाइतेलाई इलाका प्रहरी गोकुलेश्वर र स्थानीयले उद्धार गरी उपचारका लागि गोलकुलेश्वर अस्पताल पुगाएका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार