नेपालगञ्ज : बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का एमाले उम्मेदवार मोहम्मद इश्तियाक राई घरदैलो अभियानमा ब्यस्त भएका छन् । चुनावी अभियानका क्रममा शनिबार उनी नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ मा पुगेका छन् ।
पुर्वमन्त्री समेत रहेका उम्मेदवार राई वडा नम्बर १८ अन्तर्गत पर्ने प्रगति नगर, अम्मर नगर र पशुपतिनगर लगायत टोलमा पुगेर भोट मागेका छन् । ति टोलहरुमा पुग्दा मतदाताले सहयोग गर्ने वचन दिएको एमालेका नेता शकिल खानले जानकारी दिएका छन् । सो क्रममा एमालेका नेता एवम् नेपालगञ्ज १८ का वडाअध्यक्ष दिपक बर्मा लगायतको उपस्थिती रहेको थियो ।
2026-02-28
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार