Listen LIVE

श्रीलंकाविरुद्धको टी–२० सिरिजमा भारतको क्लिनस्वीप

काठमाण्डौ : श्रीलंकाविरुद्धको टी–२० सिरिजमा भारतले क्लिनस्वीप गरेको छ।

श्रीलंकाविरुद्धको अन्तिम खेलमा भारतले सुपर ओभरमा रोमाञ्चक जित निकाल्यो।  गएराति सम्पन्न खेलमा भारतले दिएको १३८ रनको लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउदै १३७ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो।

भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो। सुपर ओभरमा श्रीलंकाले केवल २ रन मात्र बनाएपछि भारतले पहिलो बलमा नै खेल जितेको थियो।

योसँगै भारतले टी–२० सिरिज ३–० ले जित्यो। यस अघि सम्पन्न पहिलो खेलमा भारतले श्रीलंकालाई ४३ रन र दोस्रो खेल ७ विकेटले  जितेको थियो।

श्रीलंका टूरमा रहेको भारतले अब आइतबारदेखि तीन एकदिवसीय सिरिज खेल्ने छ।

प्रतिक्रिया