नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको विपद् पुर्व तयारी तथा प्रतिकार्य योजनाको अद्यावधिक गर्न थालिएको छ । नगरमा विपद् पुर्वतयारी तथा प्रतिकार्यका लागि नीतिगत रुपमा प्रभावकारी व्यवस्थापन गर्न योजना बनाउन लागिएको हो ।
योजना अद्यावधिकका क्रममा आज आयोजित कार्यक्रममा उपमहानगरपालिकाका विषय समिति तथा शाखाका कर्मचारीहरुसंग छलफल गरिएको छ । शहरी विपद् तथा भुकम्पिय पुर्व तयारी (सुपर) परियोजनाको सहयोगमा पुर्व तयारी तथा प्रतिकार्य योजनाको अद्यावधिकको कार्य गर्न लागिएको हो ।
नेपालगञ्ज शहरमा कुनै पनि विपद् आएको बेला तत्कालको अवस्थालाई व्यवस्थापन कसरी गर्ने, पुर्व तयारी, आवश्यक व्यवस्थापन तथा तयारीको सयन्त्रलाई चुस्त दुरुस्त राख्न योजनालाई अद्यावधिक गर्न लागिएको नेपालगञ्ज उपमहानगरपालिकाका विपद् तथा वातावरण समितिका संयोजक समिरप्रताप सिंहले बताए ।
उनका अनुसार योजनालाई अद्यावधिक गर्न उपमहानगरले आवश्यक तयारी गरेको छ । उपमहानगरपालिका अन्र्तगत विभिन्न विषयगत समितिका पदाधिकारी र शाखाका कर्मचारीविच समुहगत रुपमा छलफल गरिएको छ ।
कार्यक्रममा नगरप्रमुख प्रशान्त विष्टले विपद् पुर्वतयारीका लागि नीतिगत रुपमै अघि बढेको भन्दै त्यसको आवश्यक तयारी तथा बजेट व्यवस्थापन गर्ने बताए । उनले विपद्को बेला नगरवासीको सुरक्षा, उद्धार, राहत, उपचारलगायतको व्यवस्था गर्ने र विपद् आउनुभन्दा अघि नै पुर्व तयारीबारे सचेतना अभिबृद्धि गर्ने बताए ।
नेपाल रेडक्रस सोसाईटी बाँके शाखा अध्यक्ष गोबद्र्धनसिंह सम्झनाले विपद् जुनसुकै समयमा आउने भएकाले त्यसको पुर्वतयारी र प्रतिकार्यका लागि २४सै घण्टा सचेत रहनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा विपद् विज्ञ सुनिलसन शाक्यले योजना अद्यावधिकमा चाहिने सूचना, स्थानको पहिचान तथा पुर्व तयारी तथा प्रतिकार्यका लागि आवश्यक रणनितिका विषयमा सहजीकरण गरेको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार