Listen LIVE

अझै भेटिएनन् बाढीमा बेपत्ता बाँकेका रामु केवट

नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नं. २ का १५ वर्षीय रामु केवट एक सातादेखि बेपत्ता भएका छन् । गत साताअघि राप्ती नदीमा आएको बाढीबाट संकलन गरिएको दाउरा लोड गर्ने भनेर गएका केवट त्यस दिनदेखि बेपत्ता भएका हुन् ।

डुडुवा गाउँपालिका वडा नं.२ को चौफेरीमा नदीबाट संकलन गरिएको दाउरा ट्याक्टरमा लोड गराउन घरबाट रातीको ८ बजे गए थिए । परिवारका अनुसार उनी घर फिर्ता आएका छैनन् । एक साताअघि राप्ती नदीमा बाढी आएको थियो । बाढीमा काठ दाउरा बगेर आउँछ ।

स्थानीयहरु त्यस्तो समयमा दाउरा संकलन गर्छन् । संकलित दाउरा स्थानीय शिव प्रसाद मालीको ट्याक्टरमा लोड गर्न उनी घरबाट निस्किएको बुबा राम जियावन केवट जानकारी दिए ।

तर छोरा घर फर्किएको छैन । परिवारले छोरा बेपत्ता भएको निवेदन प्रहरी कार्यालयमा दिएको छ । छोरो बेपत्ता भएपछि परिवार चिन्तित हुँदै खोज्न आग्रह गरेको छ ।

प्रतिक्रिया