सल्यान : सल्यानमा एक वर्षमा १ अर्ब ७२ करोड २४ दाख बराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे गरी दुई याममा सल्यानका किसानले आलु खेती गर्दै आएका छन् ।
कृषि विकास कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्ष २०८१÷०८२ मा ५२ हजार ३ सय ५१ मेट्रिकटन आलु उत्पादन भएको थियो । जसको मूल्य १ अर्ब ७१ करोड ४२ लाख बराबर हुन आउने गर्दछ ।
उत्पादन भएको मध्ये ८हजार ८ सय ६४ मेट्रिकटन आलु जिल्ला बाहिर निकासी भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी चिरञ्जीवी श्रेष्ठले जानकारी दिए । जसबाट किसानले २९ करोड रुपैयाँ प्रत्यक्ष हात पारेका छन् । बाँकी आलु जिल्लामा नै खपत हुने गरेको उनको भनाई छ । उनले भने विगतमा तरकारीका लागि मात्र सीमित ठाउँमा लगाइने आलु व्यावसायिकतासँगै क्षेत्रफल बढेपछि धेरै रकम बराबरको आलु उत्पादन हुन थालेको छ । १ अर्ब ७१ करोडको आलु उत्पादन हुने भए पनि धेरै आलु जिल्लाभित्र नै खपत हुने गर्दछ ।
जिल्लाका १० स्थानीय तहका किसानले २ हजार ७ सय ५ हेक्टर क्षेत्रफलमा बर्षे र १ हजार ७ सय ३० हेक्टर क्षेत्रफलमा हिउँदे गरी ४ हजार ४ सय ३५ हेक्टर जमिनमा आलु खेती गर्दै आइरहेका छन् । ३२ हजार ६५ मेट्रिकटन बर्खे र २० हजार २ सय ५० मेट्रिकटन हिउँदे आलु उत्पादन भएको सूचना अधिकारी श्रेष्ठको भनाई छ ।
जिल्लामा उत्पादन भएको आलु पोखरा, काठमाण्डौ, नेपालगञ्ज, दाङ, सुर्खेत लगायतका जिल्लामा जाने गर्दछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार