Listen LIVE

परिणाममुखी काम गर्छु : अध्यक्ष चौधरी

नेपालगञ्ज : थारु कल्याणकारिणी सभा बाँकेकी नवनिर्वाचित अध्यक्ष संगिता चौधरीले सभालाई क्रियाशील र गतिशील बनाएर परिणामुखी काम गर्ने दृढता व्यक्त गरेकी छिन् । नेपालगञ्जमा आज पत्रकार सम्मेलन गरेर चौधरीले सभाले आफ्नो कार्यकालमा गर्ने कार्ययोजना समेत सार्वजनिक गरेकी छिन् । उनले महिला नेतृत्वमा आउँदा केही फरक र राम्रा काम गर्न सक्छन् भन्ने सन्देश दिन आफू लागिपर्ने बताइन् ।

चौधरीले नवनिर्वाचित कार्यसमितिले तत्काल थारु कल्याण्कारिणी सभाको सम्पर्क कार्यालय स्थापना र व्यवस्थापन गर्ने बताइन् । सभाको अहिलेसम्म सम्पर्क कार्यालय छैन । यस्तै भवन निर्माणका लागि आवश्यक पहल गर्ने कार्ययोजना पनि उनले सुनाइन् । थारु समुदायको विभिन्न चाडपर्वहरु मनाउनका लागि जिल्लाको विभिन्न ठाउँहरुमा कार्यक्रम आयोजना गर्ने र भब्यताका साथ चाडपर्व मनाउने, थारु कल्याणकारिणी सभाको गाउँपालिकाहरुमा बनेका समितिहरुलाई सक्रिय बनाउने र वडा स्तरीय समितिहरु निर्माण गर्ने, सामाजिक विकास कार्यका लागि स्थानीय, प्रदेश र संघ तथा सरकारी गैरसरकारी संघसंस्थाहरुसंग समन्वय गरी कार्यक्रमहरु ल्याउन पहल गर्ने कार्ययोजना नयाँ कार्यसमितिको छ ।

साउन ३२ गते सम्पन्न ११औं अधिवेशनबाट संगिताको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको थियो । कार्यसमितिको उपाध्यक्षमा बनिलाल थारु, परिना थारु र उषा चौधरी छन् । यस्तै सचिवमा विष्णु कुमारी चौधरी, सहसचिव परशुनारायण थारु र कोषाध्यक्षमा मनोज कुमार थारु चयन भएका छन् । यसैगरी सदस्यहरुमा कालुराम थारू, भिख्खुराम थारु, भगौती प्रसाद थारु, जंगली थारू, लक्ष्मी थारु, दिपक थारू, निर्मला चौधरी, तिर्थ बहादुर चौधरी, संजय कुमार थारु र प्रदेशराम थारु छन् । अधिवेशनबाट ८ जना पार्षद समेत चयन गरिएको छ । नेम नारायण सिंह थारू, जनक बहादुर थारू, सन्तोष चौधरी, जागेश्वर थारु, चन्तराम थारु, विनोद थारु, जीत बहादुर थारु र चन्द्र बहादुर चौधरी पार्षद चयन भएका छन् ।

प्रतिक्रिया