रुकुमपश्चिम : रुकुमपश्चिमको मुसीकोट नगरपालिकाका ज्येष्ठ नागरिकहरू सङ्गठित भएका छन् । मुसीकोट नगरपालिका १ खलङगामा भएको ज्येष्ठ नागरिकहरूका लागि बनेका ऐन कानुन सम्बन्धीको अन्तरक्रिया पश्चात् नगरपालिकास्तरीय ज्येष्ठ नागरिक समिति गठन गरेर सङ्गठित भएका हुन् ।
समिति मार्फत सङ्गठित भएर ज्येष्ठ नागरिकहरूको हक हितका लागि एकताबद्ध भएर कार्य गर्ने उनीहरूको भनाइ छ । मुसीकोट नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा भएको उक्त कार्यक्रम पश्चात् लक्ष्मण कुमार शर्माको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा अमृता खड्का, सचिवमा ओपेन्द्र पाण्डे, सहसचिव जवाहललाल शर्मा र कोषाध्यक्षमा नारायण प्रसाद शर्मा चयन हुनुभएको छ । समितिको बैठकले चार सदस्य मनोनयन गरेर १७ सदस्यीय समिति रहने महिला विकास निरीक्षक (सहायक पाँचौँ) कमला मल्लले जानकारी दिइन् ।
कार्यक्रममा ज्येष्ठ नागरिकहरूका लागि बनेका ऐन कानुनसम्बन्धी अन्तरक्रिया समेत गरिएको छ । नगरपालिकाका कानुन अधिकृत ललित बुढाले ज्येष्ठ नागरिकहरूका लागि बनेका ऐन कानुनको बारेमा सहजीकरण गरेका थिए ।
मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यतामा भएको उदघाटन कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका कार्यरत अधिकृत छैटौँ भावना शाह, महिला विकास निरीक्षक (सहायक पाँचौँ) कमला मल्ल, जिल्ला ज्येष्ठ नागरिक समितिका गोविन्द केसी, नगरपालिकाका विभिन्न वडाहरूबाट आएका ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार