Listen LIVE

साफ यू–१७ च्याम्पियनसिप : सेमिफाइनलमा आज नेपाल र भारत भिड्दै

काठमाण्डौ : श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ७ः३० बजे कोलम्बोस्थित रेसकोर्स रंगशालामा हुनेछ ।

नेपाल समूह ‘ए’ को उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो । समूह चरणमा नेपालले भुटानलाई २–० ले पराजित गरेको थियो भने बंगलादेशसँग ४–० ले पराजित हुँदै तीन अंकसहित उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

भारत भने समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा पुगेको हो । उसले पाकिस्तानलाई ३–२, भुटानलाई १–० र माल्दिभ्सलाई ६–० ले पराजित गर्दै नौ अंकसहित शीर्ष स्थान हासिल गरेको थियो ।

यसअघि भएको संस्करणमा भारतले नेपाललाई ४–२ ले हराएको थियो । भुटानमा सम्पन्न सो संस्करण भारतले बंगलादेशलाई २–० ले पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतिक्रिया