Listen LIVE

कैलालीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

कैलाली : कैलालीको  गोदावरी नगरपालिका–५ स्थित गेटा मनहरा पुल नजिक अत्तरिया–धनगढी सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार राति सु.प.प्र.०१०१२ प ८४०२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक धनगढी उपमहानगरपालिका–७ निवासी ४५ वर्षीय ओम प्रकाश मल्ल गम्भीर घाइते भएका थिए ।

घाइते मल्ललाई तत्काल उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया