नेपालगञ्ज : बाँकेको जमुनाहा भन्सार चेकपोस्ट नजिकैबाट स्रोत नखुलेको रकम बरामद गर्दा राष्ट्रिय अनुसन्धान विभागका सूचकमाथि आक्रमण भएको छ । बुधवार साँझ नेपालगञ्ज उपमहानगरपालिका–१५ बाट सूचक अर्जुन खड्काले १८ लाख बरामद गरेका हुन् ।
तर उक्त बरामद रकम नेपालगञ्ज–४ स्थित ‘एसएन ब्लु गेमिङ क्लब’का महाप्रबन्धक अर्जुन खनालले चेकपोस्टमा खटिएका प्रहरीकै सामुन्ने खोसेर लगेको आरोप छ । नगद खोसेर लिएपछि क्यासिनोका महाप्रबन्धक खनाल सहितको समूहले सूचकलाई कुटपिट गरेका छन् । आक्रमणमा नेकपा एमाले बाँकेका उप–सचिव किशोर थापा पनि संलग्न रहेको आरोप छ । उनीहरुले सूचकलाई बोतल र फलामको कुर्सी प्रहार गरेका बताइएको छ ।
सूचक खड्काको टाउकोमा ११ वटा टाँका लगाइएको छ । कुटपिटमा संलग्न खनाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ‘आक्रमणमा चार–पाँच जना संलग्न रहेछन्, उनीहरूबारे अनुसन्धान हुँदै छ ।
नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित न्युरोडमा रहेको कालपत्रु होटलमा क्यासिनो ‘एसएन ब्लु गेमिङ क्लब’ सञ्चालनमा छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार