नेपालगञ्ज : उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८०–०८१ को साउन महिनादेखि असार मसान्तसम्म दुई हजार ७०९ लगतमध्ये एक हजार ९३४ वटा मुद्दा फछ्र्याैट गरेर वार्षिक लक्ष्यको १०५ प्रतिशत प्रगति हासिल गरेको छ ।
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका रजिष्ट्रार सरोज निधि वाग्लेका अनुसार सो अवधिमा जिम्मेवारीतर्फ एक हजार ५४ र नयाँ दर्तातर्फ ८८० गरेर एक हजार ९३४ मुद्दा फछ्र्यौट गरिएको छ भने ७७५ मुद्दा बाँकी रहेका छन् । उनले उच्च अदालतले वार्षिक लक्ष्य अनुसार १०५ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको बताए ।
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका मुख्य न्यायाधीश चन्द्रबहादुर सारुले अदालतले सन्तोषजनक रूपमा मुद्दा फछ्र्यौट गरेको जनाउँदै जनशक्ति, बजेट, प्रविधिको अभावका बाबजुद पनि न्याय दिने प्रयासमा धेरै सुधार गरिएको बताए । उनले यो उपलब्धि सामूहिक हातेमालोको नतिजा भएको जनाउँदै भविष्यमा पनि यसरी नै काम गर्नु पर्नेमा जोड दिए ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश एवं योजना तर्जुमा तथा कार्यान्वयन समितिका अध्यक्ष न्यायाधीश टङ्कप्रसाद गुरुङले लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट गर्नु उपलब्धि भएको बताए । उच्च अदालत बार एसोसिएसन नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाहीले आर्थिक वर्ष २०८०÷०८१ मा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले राम्रो प्रगति गरेकोले धेरैले समयमै न्याय पाएको बताए । यसैगरी आर्थिक वर्ष २०८०÷०८१ मा बाँके जिल्ला अदालतले ८२ प्रतिशत र बर्दिया जिल्ला अदालतले ९५ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो ।
सौहार्द वातावरणमा मोहर्रम सम्पन्न गर्न सहयोग गर्ने विभिन्न ब्यक्तिलाई सम्मान
सार्वजनिक गरिएको सो तथ्याङ्क अनुसार बाँके जिल्ला अदालतमा दर्ता भएका लगत सात हजार ६४७ मध्ये चार हजार २१५ मुद्दा फछ्र्यौट गरिएको छ भने तीन हजार ४३२ मुद्दा अझै बाँकी रहेका छन् । यस्तै बर्दिया जिल्ला अदालतमा दुई हजार ११३ मध्ये एक हजार ३१० मुद्दा फछ्र्याैट गरिएको र बाँकी मुद्दा ८०३ रहेको जनाइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार