नेपालगञ्ज : सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगञ्जमा शनिबार सद्भाव र्याली निकालिने भएको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो ।
सुनसरी, सिराहलगायत ठाउँमा भएका सद्भाव विरोधी गतिविधि बाँकेमा हुन नदिन तथा नागरिकबीच सामाजिक सद्भाव कायम राख्न नेपालगञ्जमा सद्भाव र्याली निकाल्न थालिएको रास्वपा बाँकेका अध्यक्ष विवेककुमार श्रेष्ठले जानकारी दिए ।
भोली विहान ७ः३० बजे वीपीचोकदेखि धम्बोझीचोकसम्म र्याली निकाल्ने निर्णय गरिएको छ । बैठकले यसअघि गरिएको सार्वजनिकस्थलमा डिजे बजाउन र हतियार प्रदर्शन गर्न नदिने निर्णयलाई कडाईका साथ कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा पूर्वमन्त्री एवं सांसद मोहम्मद इस्तियाक राई, रास्वपाका जिल्ला अध्यक्ष विवेक श्रेष्ठ, काँग्रेसका बाँके जिल्ला सभापति नारायण गौडेल, एमालेका जिल्ला अध्यक्ष निरक गुरुङ, नेकपाका जिल्ला संयोजक दिपक जिएम, प्रदेश सांसद मिना श्रेष्ठ, बागेश्वरी मन्दिरका मूलमहन्त चन्दननाथ योगी, मुस्लिम धर्मगुरु मौलाना जियाउल मुस्तफा, बौद्व गुरु गुणबहादुर लामा, इसाइ समाजका डम्बर थापा, सामाजिक अभियान्ताहरुको उपस्थिती रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार