झापा : झापाको अर्जुनधारा नगरपालिकामा पूजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी परेका छन् । अर्जुनधारा नगरपालिका–९ को खरबन्दी गाउँका अधिकांश बासिन्दा बिरामी भएका हुन् ।
स्थानीय रीता निरौलाकोमा बुधबार लगाइएको पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए । प्रसाद खाने सबै बिरामी परेको स्थानीय विद्या कटवालले जानकारी दिइन् ।
उनका अनुसार पूजा घरमा पुगेर प्रसाद खाने धेरै बिरामी छन् । घरमा ल्याएको प्रसाद खाने पनि बिरामी भएका छन् । अर्जुनधारा नगरपालिका–९ का वडा अध्यक्ष भिष्म मिश्रका अनुसार गाउँका स्थानीय र पूजाका लागि पाहुना आएका आफन्त गरी ५५–६० जना बिरामी भएका छन् । बिरामीको स्थानीय क्लनिकमा उपचार भइरहेको छ ।
स्थानीय कटवालका अनुसार पूजामा प्रसाद खाएको केही समयपछि सबैलाई वान्ता र पखाला भएको थियो । ज्वरो पनि आएको छ । पुजाको प्रसादमा फुड पोइजन हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार