बर्दिया : कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, बर्दिया राजापुर नगरपालिका वडा नं.७ बस्ने बर्ष अन्दाजी ३५ को फरार प्रतिवादी कुश कुमार चौधरी रहेका छन् ।
प्रहरीका अनुसार, बर्दिया जिल्ला अदालतको २०७२ वैशाख २० गतेको फैसलाले कर्तब्य ज्यानमुद्दामा चौधरीलाई २० बर्ष कैद सजाय हुने गरी फैसला गरेको थियो । त्यस पश्चात् उनी हालसम्म फरार रहँदै आएका थिए ।
फरार प्रतिवादी कुश कुमार चौधरीलाई बाँसगढी नगरपालिका वडा नं. ३ स्थित भगवती सामुदायिक वनको किनारमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
2024-07-18
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार