नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित श्री माध्यमिक विद्यालय, शाहपुर्वाका अवकाश प्राप्त प्रधानाध्यापक बद्रे आलम खाँलाई आज बिदाई तथा सम्मान गरिएको छ ।
अवकाश प्राप्त प्रधानाध्यापक खाँले ४० वर्ष १ महिना २१ दिन अवधी पुरा गरेको अवसरमा श्री माध्यमिक विद्यालय, शाहपुर्वाले एक औपचारिक कार्यक्रमका बिच फुलमाला र मायाको चिनो सहित दोसल्ला ओढाएर बिदाई तथा सम्मान गरेको हो । यस्तै नवनियुक्त प्रधानाध्यापक सफीक खाँलाई फुलमाला सहित दोसल्ला ओढाएर बधाई तथा स्वागत गर्दै पदभार ग्रहण गराइएको छ ।
डुडुवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका वरिष्ठ शिक्षा अधिकृत सञ्जय कुमार कर्णको प्रमुख आतिथ्यता र डुडुवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका स्रोत व्यक्ति राम एकबाल मण्डलको विशिष्ट आतिथ्यतामा सम्मान तथा विदाई कार्यक्रम गरिएका हुन । कार्यक्रममा अवकाश प्राप्त प्रधानाध्यापकलाई बिदाई गर्दै डुडुवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका वरिष्ठ शिक्षा अधिकृत कर्णले पुरानो पुस्ताको शैक्षिक अनुभव र नयाँ पुस्ताको जोश– जाँगरले शैक्षिक संस्थाहरूलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन मद्दत पु¥याउने बताउनुभयो ।
कार्यक्रममा अवकाश प्राप्त प्र. अ. खाँले आफ्नो शैक्षिक अनुभव सङ्ग्रहित गरी नयाँ पुस्तामाझ ल्याउनुपर्नेमा जोड दिए ।
विद्यालयका शिक्षक खुमराज बोहोराले सञ्चालन गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुन्नु खाँ पठानले समापन गरेको कार्यक्रममा विभिन्न मदरसा, गुरुकुल र विद्यालयका प्रधानाध्यापकद्वयहरु, शिक्षक, अभिभावक, विद्यार्थी तथा कर्मचारीको बाक्लो सहभागी रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार