नेपालगञ्ज : नेपालगञ्ज वडा नं. १३ बुलबुलियास्थित शान्तिनगरका स्थानीयले आज संयुक्तरुपमा टोलको सरसफाई गरेका छन् । बुलबुलिया शान्तिनगर टोल विकास तथा सरंक्षण समितिको संयोजनमा सरसफाई गरिएको हो ।
समितिको संयोजनमा साताको प्रत्येक शनिवार टोलको सरसफाई गर्ने कार्यक्रम अन्तर्गत सामुहिकरुपमा सरसफाई गरिएको संयोजक निरज गौतमले जानकारी दिए । प्रत्येक शनिवार विहान ६ बजे हुने सरसफाई लगायत सबै कार्यक्रममा उपस्थितीका लागि टोलवासीमा अनुरोध गर्दै संयोजक गौतमले आजको सरसफाई कार्यक्रममा प्रत्यक्ष या परोक्षरुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
2024-08-24
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार