बर्दिया : बर्दियामा लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा, जिल्ला बर्दिया बाँसगढी नगरपालिका वडा नं. ६ बस्ने बर्ष अन्दाजी ३५ को शिवलाल सुनार र दमौली बस्ने बर्ष अन्दाजी २० को मनिष शाह रहेका छन् ।
बढैयाताल गाउँपालिका वडा नं. ३ भोलागौडी चोक एरियामा गस्ती गर्दै जाने क्रममा डाँफे बाट सौरहवा आउँदै गरेको भे. ६ प ७०५ नम्बरको मोटरसाइकलमा सवार दुवैजनालाई शंकामानी जाँच गर्ने क्रममा मनिष शाहको साथबाट ४१० मिलिग्राम (लागु औषध) ब्राउन सुगर फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ गरी दुवैलाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
2024-07-31
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार