Listen LIVE

विरामी बोकेको हेलिकोप्टर खेतमा आकस्मिक अवतरण

नेपालगञ्ज डेस्क : डोल्पाबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको हेलिकोप्टर  प्रतिकूल मौसमको कारण आकस्मिक अवतरण भएको छ ।

सुर्खेतको लेखबेंसी नगरपालिका–६ पुरानो घाट नजिकै धान खेतमा आकस्मिक अवतरण गरिएको हो । आकस्मिक अवतरणपछि हेलिकोप्टर ठुलो दुर्घटनाबाट जोगिएको हो । 

सशस्त्र प्रहरी सहायक निरीक्षक नरबहादुर बिसी विरामी भएपछि विरेन्द्रनगरबाट उनलाई ल्याउन उक्त हेलिकप्टर गएको थियो । हेलिकप्टर अवतरण गरेर विरामीलाई एम्बुलेन्समार्फत प्रदेश अस्पताल कालागाउँ लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी रुपेश खड्काका अनुसार मौसममा सुधार आएपछि हेलिकोप्टर सुर्खेत एयरपोर्टमा लगिएको छ ।

प्रतिक्रिया