दाङ : दाङको तुलसीपुरमा खानेपानी लिन खोलामा गएकी महिला मृत फेला परेकी छन् ।
रोल्पा रुन्टिगढी गाउँपालिका ६ बेतनी निवासी ४३ वर्षीया बसन्ती सार्की गएको बुधबार तुलसीपुर १९ सुन्दरखोला स्थित पानी लिन भनि निस्केकोमा घर नफर्किएपछि खोजी गर्दा शनिबार मृत फेला परेकी हुन् ।
शनिबार दिउसो ३ बजेतिर घरदेखि करिब ४ किलोमिटर तल तुलसीपुर १९ दुम्रीचौर स्थित ग्वारखोलाको सहायक हँगालामा मृत अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
2024-08-25
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार