नेपालगञ्ज : सुर्खेतबाट बुटवलतर्फ गइरहेको बस पल्टिँदा १३ जना घाईते भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–१ बनकसबासमा सोमबार उक्त बस पल्टिँदा १३ जना घाइते भएका हुन् ।
सुर्खेतबाट हिँडेको लु २ ख १५९८ नम्बरको बस मोटरसाईकललाई बचाउने क्रममा सडकबाट एक मिटर तल पल्टिएको हो । बस पल्टिँदा १३ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
घाइते मध्ये १० जनाको चन्द्रौटा आधारभूत र ३ जनाको संजीवनी अस्पतालमा उपचार भइरहेको छ । सुरक्षाकर्मी घटना स्थल पुगेर घाईतेको उद्धार गरी अस्पताल पुर्याएका हुन् ।
2024-08-26
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार