नेपालगञ्ज : पश्चिम नेपालको बाँकेलगायतका जिल्लामा बोलिने अवधी भाषा, संस्कृति र कलाको संरक्षणका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराइएको छ ।
पछिल्लो समयमा अवधी भाषा, कला र संस्कृति लोप हुन थालेपछि त्यसको संरक्षण सम्वद्र्धन गर्ने प्रमुख दायित्व स्थानीय सरकारको भएकाले संरक्षण र सम्बद्र्धन गर्न दबाब दिइएको स्थानीय अवधी भाषी सामाजिक अभियन्ता विश्वजित तिवारीले बताए ।
उनले नेपालगञ्जका सामाजिक अभियन्ताहरुको एक समूहले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन् ।
नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय भाषा, कला संस्कृतिको संरक्षण सम्बद्र्धन गर्ने संवैधानिक जिम्मेवारी स्थानीय सरकारको भएकाले सोको कार्यन्वयनका लागि पहल गरिएको अर्का अभियन्ता डा. बिनोद कर्णले बताए ।
नेपालगञ्जका प्रमुख विष्टले अवधी भाषाको संरक्षण र सम्वर्द्धनका लागि विशेष योजना र कार्यक्रम बनाउने बताए ।
प्रमुख विष्टलाई ज्ञापनपत्र बुझाउने अभियन्ताहरुमा अधिवक्ता विश्वजित तिवारी, डा विनोद कर्ण, विनोद अग्रहरी, ललित रौनियार, विनय चन्द्र गुप्ता, डा. राहुल कुर्मी, करण शाह, सुशिल बर्मा, मो. अहमद राई, साहिल अन्सारी, अब्दुल अजिज हलवाईलगायत रहेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार