Listen LIVE

सन्यास घोषणको ७ वर्षपछि अभिनयमा फर्किंदै ड्यानिल डे–लुइस

काठमाण्डौ : आफ्नो पुस्तका महान अभिनेता ड्यानियल डे–लुइस ७ वर्षको अन्तरालपछि फिल्ममा फर्किँदैछन् । छोरा रोनान डे–लुइसको निर्देशनमा बन्न लागेको फिल्म ‘एनेमोन’मा उनी शीर्ष भूमिकामा देखिन लागेका हुन् ।

रोचक कुरा यो छ कि, सन् २०१७ मा अभिनयबाट सन्यास घोषणा गरेका लुइस, पूर्वप्रतिबद्धताबाट पछि हट्दै फिल्ममा फर्किन लागेका हुन् । सन्यास घोषणा गरिसकेका चर्चित अभिनेता फिल्ममा फर्किने पक्का भएपछि हलिउड र उनको प्रशंसक वृत्त खुसीले रोमाञ्चित भएको छ ।

फोकसन फिचर्स र प्लान बीको यो कथानक फिल्मबाट लुइसका छोरा रोनानले निर्देशनमा डेब्यु गर्दैछन् । यो फिल्मले बुबा, छोरा र भाइहरू बीचको जटिल सम्बन्धको साथै ‘पारिवारिक बन्धनको गतिशीलता’को अन्वेषणलाई वर्णन गर्छ ।

सन् २०१७ मा रिलिज भएको ‘फ्यान्टम थ्रेड’पछि ड्यानियलले सन्यासको घोषणा गरेका थिए । यो कमब्याक फिल्ममा उनको शीर्ष भूमिका हुनेछ । यो फिल्ममा सेन बीन, सामन्था मोर्टन, शमूएल बोटमले र सफिया ओकले–ग्रीनको पनि अभिनय हुनेछ ।

‘हामी रोनान डे–लुइसको पहिलो फिचर फिल्ममा ड्यानियल डे–लुइससँग उनको रचनात्मक सहयोगीको रूपमा एक शानदार भिजुअल आर्टिस्टसँग साझेदारी गर्न लागेकोमा उत्साहित नभैरहन सक्दैनौं’ निर्माता कम्पनी फोकस फीचरका अध्यक्ष पिटर कुजावस्कीले एक विज्ञप्तिमा भने ।

ड्यानिलको अघिल्लो फिल्म ‘फ्यान्टम थ्रेड’ निर्माण गरेको कम्पनी फोकस फीचरले नै यो फिल्म बनाउन लागेको हो । यो फिल्मलाई युनिभर्सल स्टुडियोले विश्वब्यापी रिलिज गर्नेछ ।

प्रतिक्रिया