Listen LIVE

बर्दियामा फरार प्रतिवादी पक्राउ

बर्दिया : बर्दियामा एक फरार प्रतिवादी पक्राउ परेका छन् । बैदेशिक रोजगार सम्बन्धी कसुरमा जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. २ कर्मला बस्ने बर्ष ३१ का सुसिन कुमार थापा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार, बैदेशिक रोजगार सम्बन्धी कसुरमा सम्मानित बर्दिया जिल्ला अदालतको २०८० माघ ८ गतेको फैसला आदेशले थापालाई दुई लाख जरिवाना तोकेकोमा उनी फरार भएका थिए ।

प्रहरीले उनलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत बर्दियामा बुझाइएको जनाएको छ ।

प्रतिक्रिया