खजुरा (बाँके) : बाँकेको खजुरामा कृषि तथा पशुपंक्षि बिमा सम्बन्धि छलफल गरिएको छ । खजुराका किसानहरुको एक भेला आयोजना गरि एनएलजी इन्स्योरेन्स कम्पनि लिमिटेड नेपालगञ्जले कृषि तथा पशुपंक्षिमा गरिने बिमाका बारेमा जानकारी गराएको हो । एनएलजी इन्स्योरेन्स कम्पनि नेपालगञ्जका प्रमुख विवेक भण्डारीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा बिमा गर्दा ध्यान दिनुपर्ने कुराहरु, आइपर्ने समस्या र समाधानका उपायका बारेमा किसानहरुलाई जानकारी गराइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिकाका सामाजिक विकास संयोजक तथा कार्यपालिका सदस्य कृष्णा कुमारी पोखरेल विकले किसानलाई विमा गर्दा भोग्नुपर्ने झण्झटलाई कम गर्न आवश्यक रहेको बताइन् । कार्यपालिका सदस्य विकले बिमाकै कारण धेरै किसानले राहतको महसुस गरेको उल्लेख गरिन । उनले हरेक किसानले आफ्नो व्यवसायको बिमा अनिवार्यता गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसियसन लुम्बिनी प्रदेशका सदस्य एंव पशु सेवा तालिक केन्द्र नेपालगन्जका सुचना अधिकारी भोज बहादुर रावल, नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएशन लुम्बिनी प्रदेशका महिला विभाग सदस्य एंव कुखुरा विकास फार्म खजुराका पशुसेवा अधिकृत ज्ञानु बुढाु, जनता दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड खजुराका व्यवस्थापक गौरब सापकोटाले कृषि तथा पशुसेवा बिमाको फाइदाका बारेमा चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा खजुराका २५ बढि किसानहरुलाई दाबि भुक्तानी स्वरुप चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा २७ महिला सहित ७१ जना किसानहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसियसन बाँकेका अध्यक्ष कर्णप्रिय रानाले गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार