Listen LIVE

सिन्धुलीमा बोलेरो दुर्घटना : दुईको मृत्यु १३ जना घाइते

काठमाण्डौ : सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सिन्धुलीको तिनकान्या बाट सदरमुकाम तर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका २ चियावारिमा दुर्घटना हुँदा थप १३ जना घाइते भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द काफ्लेले जानकारी दिए । 

वा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेलाई सिन्धुली अस्पताल लगिएको र उनीहरूको नाम सङ्कलन गर्ने कार्य भई रहेको एसपी काफ्लेले जानकारी दिए । दुर्घटना पछि बिपी राजमार्ग अवरुद्ध भएको छ ।

प्रतिक्रिया