Listen LIVE

लागूऔषध ब्राउनसुगरसहित युवक पक्राउ

नेपालगञ्ज : बाँकेको जमुनाहा प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित एकजना युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा लागूऔषध ब्राउनसुगरसहित २० वर्षीय युवकलाई पक्राउ गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह चेक प्वाईन्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित नेपालगन्ज–१७ परस्पुर बस्ने २० वर्षीय तिलक नागलाई बुधबार बेलुकी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले भन्यो; लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका नागमाथि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया