काठमाण्डौ : राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय (पनिका), कक्षा १० ले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तरपुस्तिका जाच्ने क्रममा गम्भीर लापरबाही गरेको फेला परेको छ।
पनिकाले पुनर्योग (रिटोटलिङ)को नतिजा सार्वजनिक गरेपछि गम्भीर लापरबाही भएको पाइएको हो।
नतिजामा चित्त नबुझेमा पुनर्योग गराउन पाइने व्यवस्था छ। पनिकाले २०८० सालको नियमित तथा ग्रेड वृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरूले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा अनलाइन फाराम भरी असार ३१ गते सम्ममा निवेदन दिन आग्रह गरेको थियो।
सोहीअनुसार करिब १८ हजार विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएको परीक्षा बोर्ड पनिकाले जनाएको छ। उक्त विद्यार्थीहरूको रिटोटलिङ नतिजा सार्वजनिक भइरहेको छ। परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले रिटोटलिङको नतिजा सार्वजनिक गरेकोमा ननग्रेडेड अर्थात् फेल भएकाहरू चार जिपिए ल्याएर पास भएका छन्।
कसैको सी प्लसको नतिजा परिवर्तन भएर बी प्लस आएको छ। ०२२०१५८७ सिम्बोल नम्बरका विद्यार्थी ननग्रेडेड भएका थिए। तर,रिटोटलिङ गर्दा परिवर्तन भएर चार जिपिए आएको छ।
सोमबार सार्वजनिक भएको रिटोटलिङ नतिजामा ३ हजार एक सय ८६ जनाको रिटोटलिङ नतिजा छ। जसमा ८२३००४७ सिम्बोल नम्बर भएका विद्यार्थीको नतिजा एनजी भएकोमा परिवर्तन भएर सी प्लस आएको छ।
०४९०४६४२ सिम्बोल नम्बरको बी आएकोमा परिवर्तन भएर चार जिपिए आएको छ। यसमा सयौं विद्यार्थीहरूको रिटोटलिङमा परिवर्तन भएर आएको छ। यतिमा मात्रै होइन पनिकाले केही दिन अघिदेखि सार्वजनिक गरेको अन्य रिटोटलिङ नतिजामा पनि सयौं विद्यार्थीहरूको नतिजा परिवर्तन भएर आएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार