नेपालगञ्ज : बाँकेमा पछिल्ला दिनहरूमा रासायनिक मलको अभाव गहिरिँदै गएको छ । गहुँ बालीका लागि आवश्यक मल नपाउँदा किसान आक्रोशित भएका छन् ।
जिल्ला सहकारी सङ्घ लगायत मल वितरण गर्ने विभिन्न सहकारीहरूमा दिनहुँ किसानहरूको भिड लागिरहेको छ । तर, दिनभर लाइन बसेर साँझ रित्तै हात फर्किनुपर्दा किसान निराश बनेका छन् । युरिया मल नपाउँदा आफूहरू तनावमा रहेको किसानहरूको गुनासो छ । डिएपी पाए पनि युरियाको चरम अभाव देखिएको छ । युरियाको खोजीमा किसान भौतारिरहेका छन् ।
नेपालगञ्ज १३ उदयपुरका किसान सुक्बिन्दर सिंहले समयमै युरिया नपाउँदा धान बाली पनि राम्रो नभएको पीडा सुनाउँदै गहुँका लागि पनि युरिया नपाएपछि अब बाली कसरी राम्रो हुन्छ भन्ने प्रश्न गर्नुहुन्छ ।
जिल्ला सहकारी सङ्घ बाँकेका प्रबन्धक सञ्चालक नवराज उपाध्यायले किसानको माग भन्दा आफूहरूसँग स्टक कम भएपछि समस्या देखिएको बताए । जिल्ला सहकारी सङ्घमा बुधवार किसानहरूको धेरै भिड बढेपछि बिहीबार बाँड्ने गरी मल वितरण रोकिएको थियो । तर, किसानहरूले आफूहरूलाई बिहान १० बजे बोलाएर बिहान चारै बजेदेखि मल वितरण गरेर बदमासी गरेको आरोप लगाएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार