Listen LIVE

लागूऔषधसहित बाँकेमा दुईजना पक्राउ

नेपालगञ्ज : प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१८ भाटभटेनीस्थित सडकबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित दुई जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय मोहियुद्दिन बेहना र २४ वर्षीय अर्जुन चमार रहेका छन् । 

अस्थायी प्रहरी पोष्ट सिद्धार्थ भ्यू र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भे.१ प ८६६८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया