Listen LIVE

हुण्डी कारोबारमा संंलग्न बाँकेमा चार जना पक्राउ

नेपालगञ्ज : जिल्ला प्रहरी बाँकेले साढे २४ लाख रुपैयाँ बढीसहित हुण्डी कारोबारमा संंलग्न चार जनालाई नेपालगन्जबाट पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी बाँकेको टोलीले नेपालगन्ज–१२ बेलासपुरको एक घर भाडामा लिएर  नविल रेफ्रिरिजेरेटर एण्ड एयर कण्डिशन वर्कशप नामको टिभी, फ्रिज मर्मत गर्ने पसलबाट ४ जनालाई पक्राउ गर्दै २४ लाख ६२ हजार ३१५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

प्रहरीले उक्त पैसासहित नेपालगन्ज–१८ का २९ वर्षीय राकेश भुजु श्रेष्ठ, नेपालगन्ज–३ का २५ वर्षीय २५ वर्षीय सोयब कादरी हलवाई, कोहलपुर–७ का २९ वर्षीय निमबहादुर बोहरा र कन्चनपुर जिल्लास्थित भिमदत्त नगरपालिका–७ घर भएर हाल नेपालगन्ज–३ बस्ने ३० वर्षीय राहुल देवललाई शुक्रवार पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीले उनीहरुको साथबाट हिसाबकिताब राखिएको कापी, विभिन्न व्यक्तिको नाममा पैसा पठाएको भौचरहरु बरामद गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

प्रतिक्रिया