Listen LIVE

चोरीका मोटरसाइकलको पार्टपुर्जा खोलिरहेका चार जना पक्राउ

दाङ : दाङ प्रहरीले चोरी भएका दुई वटा मोटरसाइकलका पार्टपूर्जा खोलिरहेको अवस्थामा ४ जना चोरलाई पक्राउ गरेको छ ।

प्रहरीले मोटरसाइकल चोरी गरेर पार्टपूर्जा खोल्दै गरेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका–५ का बिष्णु चौधरी, तुलसीपुर–१८ हेमन्तपुरका देवदास देवकोटा, सोही स्थानकै श्रीजन रिजाल र शिशिर खड्कालाई पक्राउ गरेको जनाएको छ ।

दाङ प्रहरीका अनुसार उनीहरु तुलसीपुर–१५ पहरुवास्थित नर्सरीभित्र चोरी भएका रा ८ प ३३५८ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल र रा ६ प ७७४१ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकलका पाटपूर्जा खोलिरहेको अवस्थामा पक्राउ परेका हुन् । दाङ प्रहरीले पक्राउ परेका मोटरसाइकल चोरहरुसँँग थप अनुसन्धान गरिरहेको पनि जनाएको  छ ।

प्रतिक्रिया