मुगु : मुगाबासीहरूका लागि उत्तरी नाक्चेलाग्ना नाका खुल्ला गरिएको छ । मुगाली जनताहरूको माग अनुसार आवश्यक सामग्री खरिद तथा बिक्री गर्नका लागि चिन र नेपाल सरकारको समन्वयमा नाका खुल्ला गरिएको हो ।
यही मिति २०८१ साल साउन महिनाको १७ गते देखि ३१ गते सम्म जम्मा १५ दिनको लागि व्यापारिक नाका खुल्ला गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए ।
तिब्बतको ह्यँजिमारमा लाग्ने व्यापारिक मेला भर्ने हरूका लागि जिल्ला प्रशासन कार्यालय मुगुबाट प्रवेश अनुमति पत्रको व्यवस्था गरिएको प्रजिअ केसीले जानकारी दिए ।
नाका खुल्ला भएपछि मुगुम कार्मारोङ्ग गाउँपालिका भित्रका १७ बस्तीका मानिसहरू झोबा, घोडा, खच्चड, चौँरी, लिएर आफूलाई बर्सभरि चाहिने दैनिक उपभोग्य माल सामान खरिदका लागि हाट बजार लाग्ने स्थान तिब्बत हिँडेका छन् ।
हाट बजारमा मुगालीहरूले काठका लौरी, चुलीका भुजा, यार्सागुम्बा, जडीबुटी, नेपाली जुता, चिनियाँ पक्षलाई बिक्री गर्दछन् भने मुगालीहरूले कम्बल, लत्ताकपडा, चामल, मैदा, चिनी, छुर्पी, चिया, दाल, तेल, जस्तापाता, सौर्य सामग्री सिमेन्ट र सरिया चिनियाँ व्यापारी हरूबाट खरिद गर्ने गर्दछन् ।
कोरोनाको कारण देखाउँदै ५ बर्षअघि बन्द गरिएको यो नाका खुल्ला भएपछि विशेष गरि करान भेगका लामा समुदायका मानिसहरूलाई ठुलो राहत मिलेको छ । आफूहरूका लागि बर्ष भरि चाहिने दैनिक उपभोग्य सामानहरू खरिद गर्न पाए पछि स्थानीयहरू निकै खुशी भएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार