धनगढी : धनगढी उपमहानगरपालिका–९ स्थित मोहना नदी पारि रहेको ७५०/२ नम्बरको सहायक पिल्लर कटानको जोखिममा परेको छ ।
जमिन कटान गर्दै मोहना नदी पिल्लर नजिक पुगेपछि जोखिम बढेको हो । कटानको उच्च जोखिममा परेको सहायक पिल्लरलाई बोराको अस्थायी तटबन्ध बनाएर मुस्किलले जोगाएको सशस्त्र प्रहरी उपरीक्षक बलबहादुर पाण्डेयले बताए ।
उनले सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले मिलेर कटानको जोखिममा रहेको पिल्लर वरिपरि बोरा हालेको जानकारी दिए । “हामीले बडो मिहिनेत गरेर कटान हुनबाट पिल्लर जोगाएका छौँ”, उनले भने ।
2024-08-05
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार